Awareness

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबर

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था, गुल्मीको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष पदम प्रसाद पाण्डेले नेपालमा भ्रष्टाचारको अवस्था, बेजुरु लगायतका विषयमा जानकारी गराएका थिए। त्यस्तै गुल्मीका स्थानीय तहमा बेरुजुको अवस्था, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका कारण र बाधक लगायतका विषयमा जानकारी गराएका थिए।

Get Vaccinated

कार्यक्रममा बोल्दै नागरिक तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुन्डिराज पोखरेलले पछिल्लो समय राजनीतिक दलका कार्यक्रम भड्किला बन्दै गएकोप्रति दुःख व्यक्त गरे।

राजनीतिक दल र दलको नेता नसच्चिए सम्म भ्रष्टाचार नरोकिने भन्दै उनले सबै दललाई सुध्रिन आग्रह गरे। प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले भ्रष्टाचार न्यूनिकरणमा सबै एकजुट हुन आवश्यक रहेको बताए। जिल्लामा हुने भ्रष्टाचार न्यूनिकरणको लागि स्थापना गरिएको भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्ध र सुशानको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ।

संस्थाले अन्य सरकारी एवम् गैर सरकारी संस्थाहरुसँगको समन्वयमा विभिन्न आयोजनाहरुको अनुगमन, सरकारी कार्यालयमा हुने सेवा प्रवाहको स्थिति लगायतको विषयमा आवाज उठाउदैँ आएको छ।

कार्यक्रम प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षता, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका सचिव रामचन्द्र पन्थीको स्वागत मन्तव्य तथा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलको संचालनमा सम्पन्न भएको थियो।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *