Awareness

चिनियाँ सहयोगको अक्सिजन कन्सन्ट्रेटर बोकेर गुल्मी आए पुर्व मुख्यसचिव पौडेल

खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: नेपाल सरकारका पुर्व मुख्यसचिव तथा चीनका लागि नेपाली राजदुत लीलामणि पौडेल चिनियाँ सहयोग बोकेर पटक-पटक जिल्ला आउने गरेका छन्। पौडेलले कोभिड-१९ को दोस्रो लहरमा गुल्मीमा मास्क सहितका स्वास्थ्य सामग्री वितरण गरेका थिए।

अहिले पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिरहेका छन्। उनले गुल्मी अस्पतालसहित चार प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुलाई अक्सिजन कन्सन्टेटर वितरण गर्दै छन्। गुल्मी अस्पताललाई ८ थान, रुरु, श्रृङा, जोहङ र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई-दुई थान कन्सन्टेटर प्रदान गरिने छ। त्यो बाहेक चन्द्रकोट, मुसिकोट लगायतका स्वास्थ्यचौकीहरुमा पनि एक-एक थान कन्सन्टेटर प्रदान गरिने कार्यक्रम रहेको पौडेलले बताए।

Get Vaccinated

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेयलाई कन्सन्टेटर प्रदान गर्दै पौडेलले अब आउने कोभिड-१९ को नयाँ भेरियन्टको सम्भाबित जोखिम संगै जिल्लाको माया र सद्भभाबका कारण सहयोग गरिरहेको बताए। उनले आफ्नो आग्रहमा चिनियाँ नागरिकबाट प्राप्त थुप्रै स्वास्थ्य सातवटै प्रदेशमा वितरण गरिएको बताए। पौडेलले स्वास्थ मन्त्रालयले बेइमानी गरेका कारण पनि गाउँ-गाउँमा सामग्री पुराउन निकै मुस्किल परेको बताए।

‘सामग्री खरिद गर्न पाए सब खुशी। तर, अनुदानमा आएको सामान बितरण्मा स्वास्थ्य मन्त्रालयले दिने सास्ती देखेर दुख लाग्यो,’ उनले भने, ‘केहि सामग्री त अहिलेसम्म कहाँ गए थाहा छैन।’ जिल्लाकै सन्दर्भमा पौडेलले आफुले वितरण गरेका कन्सन्टेटर अक्सिजन अभावका कारण गाउँमा जुनसुकै रोगका बिरामीको मृत्यु हुने स्थित आएमा दिन आग्रह गरे। उनले अस्पतालमा उपयोग नभए गाउँका बिरामी वा स्वास्थ्य संस्थालाई दिएर पूर्ण उपयोग गर्नुपर्नेमा जोड दिए।

‘यो चिनियाँ जनताले नेपालीलाई दिएको माया हो। सहि सदुपयोग र आवश्यकता भए फेरि अरु काम गरौला,’ पौडेलले भने, ‘म पदमा हुँदा वा नहुँदा जिल्लाको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छु।’ उनले गुल्मी अस्पतालका चिकित्सकहरुलाई लक्षित गरेर पहुँच नभएकाहरुको सेवा गर्नुनै सबैभन्दा ठुलो धर्म भएकाले अस्पतालप्रति नागरिकको विश्वास कायम राख्न आग्रह गरे।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेयले १५ बाट ५० शैयाको अस्पताललाई अपग्रेड गर्नेदेखि उपकरण र विकासको निम्ति पौडेलले मुख्यसचिव पदमा रहँदा देखिनै सहयोग गर्दै आएको बताए। पौडेलले कोभिड संगै जिल्लाको स्वास्थ्य क्षेत्रको विकासको निम्ति देखाएको सहयोगको पाण्डेयले उच्च प्रशंसा गरे। गुल्मीन्यूज डटकममा यो खबर छ।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *