Clean Water Campaign

Awareness Campaign

बागलुङको गल्कोटमा धार्मिक महोत्सवबाट करिब साढे तीन करोड आर्थिक संकलन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, बागलुङ: बागलुङ गलकोटको श्री लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ।

गलकोट नगरपालिका-९, रिस्मी छिस दरबार स्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक महोत्सवमा नगद रु.३ करोड,४८ लाख आर्थिक सहयोग संकलन भएको महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए।

५ करोड आर्थिक संकलन गर्ने लक्ष्य सहित धार्मिक महोत्सव गत मंसिर ६ गते देखि शुरु गरिएको धार्मिक महोत्सव सोमबार सम्पन्न गरिएको महायज्ञ समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए।

Forest
Forest
Ad.

१५ दिनसम्म सञ्चालन गरिएको धार्मिक महोत्सवमा सवा करोड बत्ती बाल्ने, सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत सञ्चालन गरिएको थियो।

महोत्सवको अन्तिम दिन अर्थात सोमवार पनि चन्दादाता सम्मान एंव विभिन्न क्षेत्रबाट महोत्सवलाई सहयोग पुर्याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।

२०२५ सालमा स्थापना भएको महोत्सवमा संकलन गरिएको सहयोग रकमले लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार एवं विविध सेवा सहितको दिव्यधाम बनाउने लक्ष्य रहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए।

Awareness by SKF

धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको वृद्धि विकासमा सहयोग पुर्याउने महायज्ञ सम्पादन समितिका उपाध्यक्ष नारायण प्रसाद सापकोटाले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया