Awareness

कमल थापालाई हराएर राप्रपा अध्यक्ष बनेका को हुन् त राजेन्द्र लिङ्देन?

खबर राजनीतिका खबर व्यक्ति परिचय

Place for ads

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन्।

लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६१७ मत प्राप्त गरेका थिए। ४१३ मत बदर भएको थियो।

Get Vaccinated

को हुन् त उनी?
२०२२ भदौ २२ गते पाँचथरमा जन्मेका लिङदेन गत निर्वाचनमा झापा ३ बाट प्रत्यक्षमा निर्वाचित सांसदसमेत हुन्।

२०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भएका थिए। २०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० मा राप्रपाको महामन्त्री भएका थिए।

२०६१/६३ सम्म उनी जिल्ला विकास समिति झापाको सभापति भए। ०६० सालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापतिसमेत भएका थिए। दुई पटक जेल र ९ महिनाभन्दा बढी बन्दी जीवन बिताएका छन्। दोस्रो संविधान सभामा कांग्रेस नेता कृष्ण सिटौलासँग पराजित भएका लिङदेन २०७४ मा सिटौलालाई नै हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। उनले राजनीति शास्त्र र इतिहासमा स्नातक गरेका छन्।

स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी वि.सं. २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने।

Awareness by SKF

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन्।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए। ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएको उनी बताउँछन्। आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *