Hi-Speed Computer

Awareness Campaign

यी आधा दर्जन जति कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: विभिन्न कम्पनीले आफ्ना शेयरधनीलाई हकप्रद शेयर निष्कासन गर्दैछन्। हकप्रद शेयर निष्कासन गर्न सात कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।

२ वटा बीमा, २ वटा हाइड्रोपावर, २ वटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन्। यी कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६०० रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन्।

शिखर इन्स्योरेन्स १०ः३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्कासनको पर्खाइमा छ। हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। यसैगरी आइएमई जनरल इन्स्योरेन्सले १०ः४ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। अनुमति पाएमा यो कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Forest
Forest
Ad.

कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १ः१.५ प्रतिशतमा कुल ३० लाख कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको छ। सिभिल क्यापिटल हकप्रद बिक्री प्रबन्धकका रुपमा रहेको छ । उता समृद्धि फाइनान्सले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासनका लागि सेबोनसँग अनुमति मागेको छ। समृद्धिको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।

नेपाल फाइनान्सले पनि १ः०.७ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद निष्कासनका लागि सेबोनमा आवेदन पेस गरेको छ। हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै अपी पावर र छ्याङ हाइड्रोपावरले पनि क्रमशः १ः०.३९ र १०ः३ अनुपातमा हकप्रद निष्कासनको तयारीमा छन्। यी दुवैले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता र ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेका छन् ।

हकप्रद बिक्री प्रबन्धकमा अपी पावरको मुक्तिनाथ क्यापिटल र छ्याङ्दीको ग्लोबल आइएमई क्यापिटल रहेका छन्। यीमध्ये केही कम्पनीहरुलाई सेबोनले थप कागजपत्र पेस गर्न र सुझावहरुसहितको पत्र पठाएको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया