Salime Malika Krishi Farm

Awareness Campaign

शंकर पोखरेललाई दाङको जुनसुकै क्षेत्रमा चुनावमा हराउन सक्छुः मेटमणि चौधरी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेकपा एकीकृत समाजवादीका पोलिब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन्।

शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई चुनौती दिएका हुन्।

माओवादी केन्द्रसंग एकता हुँदा पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले पोखरेलले २०७४ सालमा अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीले आरोप लगाए।

सिंचाई
Forest
Ad.

समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप लगाउदै चौधरीले पोखरेललाई जनताले आगामी निर्वाचनमा हराइदिने बताए।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जना आफ्नो पार्टीमा प्रवेश गरेको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया