Hi-Speed Computer

Awareness Campaign

लगानीकर्ताका लागि खुसीको खबर, आउँदै छन् २५ कम्पनीको आइपीओ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाल धितोपत्र बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित बनेको अवस्थामा अब २५ भन्दा धेरै कम्पनीहरूको आइपीओ आउँदै छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन्।

२५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ। यी कम्पनीले कुल ६ अर्ब ८० करोड ७६ लाख ४ सय बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन्।

Forest
Forest
Ad.

यसैगरी, सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन्। अनुमति मागेका कम्पनीहरूमा दुईवटा बिमा, दुईवटा हाइड्रोपावर, दुईवटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन्।

आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, दुईवटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र दुई अन्य समूहका कम्पनी रहेका छन्। अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन्। आजको राजधानी दैनिकमा खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया