Hi-Speed Computer

Awareness Campaign

नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर संक्रमण तीव्र हुने जोखिम बढ्दो: डब्लुएचओ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

एजेन्सी: कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर नै संक्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन )डब्लुएचओ) ले दिएको छ। ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले बताएको हो।

डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले गरिब देशहरुमा खोपको पहुँच पुर्याउनका लागि पुनः विश्व समुदायसँग आग्रह गरेका छन्। खोपले नै कोरोना भाइरसलाई जित्न सकिने हुँदा सबैमा पहुँच पुग्नुपर्ने उनले बताउँदै आएका छन्।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ। यस्तै यो भेरियन्टका कारण पुनः संक्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ। भेरियन्टका बारेमा तत्काल जानकारी सार्वजनिक गरेको भन्दै दक्षिण अफ्रिकाको प्रशंसासमेत भएको छ। तर धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् र दक्षिण अफ्रिकाले यो अन्यायपूर्ण रहेको बताएको छ।

Forest
Forest
Ad.

डब्लुएचओले सावधानीका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको अवस्थामा ओमिक्रोन भेरियन्टले महामारीलाई गम्भीर चिन्ताको अवस्थातर्फ लैजाने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया