Smoking Causes Cancer

विवाह गर्न नमानेपछि बले (सागर) र प्रिज्माबीच ब्रेक अप



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: हास्य टेलिसिरियल ‘भद्रगोल’मा ‘बले’को भूमिकाबाट चर्चामा आएका सागर लम्साल पछिल्लो समय म्युजिक भिडिओमा पनि निकै जमेका छन्। म्युजिक भिडिओमा उनी खासगरी मोडल प्रिज्मा खतिवडासँग बारम्बार देखिने गरेका छन्। यस क्रममा उनीहरूबीच प्रेम परेको चर्चा पनि चलेको थियो। स्वयं उनीहरूले भने स्वीकार नगरे पनि।

यसैबीच म्युजिक भिडिओमा सागर र प्रिज्माको जोडी देखिन छाडेको छ अर्थात् अलग अलग रूपमा देखिन थालेका छन्। यति मात्र होइन, सामाजिक सञ्जालमा संयुक्त तस्विर पोस्ट गरिरहने उनीहरू अहिले यता पनि सुनसान हुन थालेका छन्। जसका कारण उनीहरूबीच ‘ब्रेक अप’ भएको चर्चा हुन थालेको छ।

निकट स्रोतका अनुसार सागर र प्रिज्माबीच केही महिनाअघि नै ब्रेक अप भइसकेको छ। स्रोतको दाबीअनुसार सागर आउने फागुनमा विवाह गर्ने योजनामा रहेको तर प्रिज्मा यसमा सहमत नहुँदा विवाद भई अलग भएका हुन्। -ताजा खबर

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया