Hi-Speed Computer

Awareness Campaign

गुल्मी कांग्रेस अधिवेशनमा रमिताः ९ बजेबाट मतदान शुरू भएन, थापाले लगाए यस्तो आरोप



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मनोज कार्की, गुल्मी: नेपाली कांग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि भएको मतदानलाई स्थगित गरी पुनः जिल्लामा मतदान गर्नुपर्ने जिल्ला सभापतिका उम्मेदवार वेद थापा मगरले बताए छन्।

आइतबार बिहान होटल एभरग्रिनमा पत्रकार सम्मेलन गर्दै नेतृत्व चयनका लागि सदरमुकाम तम्घास चिदिचौर मैदानमा भएको मतदानमा मतपत्रमा संकेत देखिएको र निर्वाचनको विधि, विधान र कार्यविधि विपरित मतदान भएकाले आफुहरुले मतदान स्थगित गरिएको उम्मेदवार थापाले बताए।

पत्रकार सम्मेलनमा बोल्दै एक नेपाली काङ्ग्रेसका क्रियाशील नेताले भने, ‘गुल्मीमा भएको काङ्ग्रेसको मतदान २०६४ सालमा माओवादी पार्टीले देखाएको व्यवहार जस्तो भयो।’ उनले थपे, ’उम्मेदवारले आफ्नो फोटो सहित डयरी बाँड्नु  भएको छ भने पठाउनु भएको छ।’ भने जिल्ला जिल्ला कार्य समिति मार्फत सबै क्षेत्रीय प्रतिनिधिको हात हातमा प्यानल सहितको नाम उपलब्ध गराइएको आरोप लगाए।

Forest
Forest
Ad.

केन्द्रीय निर्वाचन आयोगले आइतबार बिहान ९ बजे देखि १ बजे सम्म मुसिकोट नगरपालिकाको निर्वाचन गर्न निर्देशन दिएको छ। मतदानको लागि चिदिचौरमा बिहानै देखि तयार गरिएको छ। तर यो मतदान आफुहरुलाई कुनै पनि हालतमा मान्य नभएको र मतदान भएमा आफुरुले रोक्ने थापा पक्षले बताएका छन्।

तर थापा लगायतको पक्षले पुनः जिल्लाको मतदानको माग राख्दै आइतबार हुने मुसिकोट नगरपालिकाको मतदान कुनै पनि हालतमा हुन नदिने बताएका छन् तर क्षेत्रीय प्रतिनिधिले मुसिकोट नगरपालिकालाई स्वीकार गरेता पनि जिल्लाको पुनः मतदानलाई अस्विकार गरेका छन्।

आइतबार ९ बजे देखि मतदान हुने भनिएता पनि मतदान स्थल सुनसान छ। दुवै पक्ष बिपि स्मृति भवनमा छलफलमा जुटेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया