Awareness

गाउँलाई चिनाउने उद्देश्यले तयार पारिएको गीत ‘अर्लाङ्गकोट सेरोफेरो’ सार्वजनिक (भिडियो सहित)

कला/संस्कृति खबर मनोरञ्जन खबर

Place for ads

गुल्मी: आफू जन्मेको गाउँको माया र देशभक्तिले ओतप्रोत गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्कोटका युवाहरु मिलेर आफ्नो गाउँको चिनारी सहितको गीत ‘अर्लाङ्कोट सेरोफेरो’ निर्माण र सार्वजनिक गरेका छन।

लोकगायक रामचन्द्र सापकोटाको स्वरमा रहेको यस गीतका शब्द रचना हेमनाथ खरालले गर्नुभएको हो भने लय संकलन रमेश परियारले गर्नुभएको हो

Get Vaccinated

सांगीतिक वृत्तचित्र नाम दिइएको यस श्रव्यदृश्य सामग्रीमा शब्द र दृश्य दुवैमा अर्लाङकोट र यस सेरोफेरोको वर्णन देख्न र सुन्न सकिन्छ

शब्द रचना गरेका हेमनाथ खराल भन्नुहुन्छ, ‘मुसिकोट नगरपालिका-९, अर्लाङकोटको सांगीतिक वृत्तचित्र निर्माणको महान अभियानमा लोकलय विधामा शब्द रचना गर्न भनेर दुइपटक नै मलाई सुवर्ण अवसर प्रदान गर्नुहुने वृत्तचित्र निर्माण अभियानका संयोजकद्वय प्रिय भाइहरु गिरिराज सापकोटा र प्रकाश सापकोटा एवम् सम्पूर्ण सम्मानित अर्लाङकोटवासी आमाबुबा दाजुभाइ दिदिबहिनीहरु सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।’

उहाँ अगाडि थप्नुहुन्छ, ‘कतिपय कुराहरु लेख्न चाहेर पनि लेख्न नसकेको र कतिपय लेखिएका पनि गीतमा अटाउन नसकेकोमा क्षमाप्रार्थी छु। बालोकाल देखि नै म आफैले चर्चेको खेलेको पढेको डुलेको अर्लाङकोट मलाई प्राणभन्दा प्यारो छ।’

हेरौँ भिडियो:

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *