Salime Malika Krishi Farm

Awareness Campaign

गाउँलाई चिनाउने उद्देश्यले तयार पारिएको गीत ‘अर्लाङ्गकोट सेरोफेरो’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: आफू जन्मेको गाउँको माया र देशभक्तिले ओतप्रोत गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्कोटका युवाहरु मिलेर आफ्नो गाउँको चिनारी सहितको गीत ‘अर्लाङ्कोट सेरोफेरो’ निर्माण र सार्वजनिक गरेका छन।

लोकगायक रामचन्द्र सापकोटाको स्वरमा रहेको यस गीतका शब्द रचना हेमनाथ खरालले गर्नुभएको हो भने लय संकलन रमेश परियारले गर्नुभएको हो

सांगीतिक वृत्तचित्र नाम दिइएको यस श्रव्यदृश्य सामग्रीमा शब्द र दृश्य दुवैमा अर्लाङकोट र यस सेरोफेरोको वर्णन देख्न र सुन्न सकिन्छ

सिंचाई
Forest
Ad.

शब्द रचना गरेका हेमनाथ खराल भन्नुहुन्छ, ‘मुसिकोट नगरपालिका-९, अर्लाङकोटको सांगीतिक वृत्तचित्र निर्माणको महान अभियानमा लोकलय विधामा शब्द रचना गर्न भनेर दुइपटक नै मलाई सुवर्ण अवसर प्रदान गर्नुहुने वृत्तचित्र निर्माण अभियानका संयोजकद्वय प्रिय भाइहरु गिरिराज सापकोटा र प्रकाश सापकोटा एवम् सम्पूर्ण सम्मानित अर्लाङकोटवासी आमाबुबा दाजुभाइ दिदिबहिनीहरु सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।’

उहाँ अगाडि थप्नुहुन्छ, ‘कतिपय कुराहरु लेख्न चाहेर पनि लेख्न नसकेको र कतिपय लेखिएका पनि गीतमा अटाउन नसकेकोमा क्षमाप्रार्थी छु। बालोकाल देखि नै म आफैले चर्चेको खेलेको पढेको डुलेको अर्लाङकोट मलाई प्राणभन्दा प्यारो छ।’

हेरौँ भिडियो:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया