Awareness

गुल्मीमा पन्थी र थापा कांग्रेस सभापतिमा भिड्दै, कसले जित्ला?

खबर राजनीतिका खबर

Place for ads

गुल्मी: नेपाली कांग्रेस गुल्मीको आठौँ जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। देउवा पक्षबाट वेदबहादुर थापा मगर र पौडेल पक्षबाट खिलध्वज पन्थी जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस गुल्मीको जिल्ला अधिवेशन १० र ११ मंसिरमा हुँदैछ। पन्थी र थापा मगर दुवै कांग्रेसमा लोकप्रिय छन्। युवाहरूको ऊर्जा र ग्रामीण भेगमा पुग्दा कार्यकर्ताबाट पाएको आशीर्वादलाई सम्मान गर्न आफूले सभापतिमा उम्मेदवारी दिएको पन्थीले बताए। क्षेत्र नम्बर २ मा पन्थीलाई युवाहरूको राम्रो साथ छ। क्षेत्र २ मा पौडेल पक्षका प्रतिनिधि धेरै छन्।

Get Vaccinated

क्षेत्र नम्बर १ मा थापा मगर लोकप्रिय छन्। उनी सातौँ जिल्ला अधिवेशनमा सभापतिमा पराजित भएका थिए। देउवा पक्षका थापा क्षेत्र नम्बर १ मा पाँच सय ८७ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि भए।

पार्टीको संस्थागत हित, गुटबन्दीको अन्त्य र पार्टीको विभिन्न तहमा पछाडि परेका अग्रज नेता र कार्यकर्तालाई समेटेर एकताबद्ध पार्टी निर्माणसँगै विकास र समृद्धिको पक्षमा काम गर्न आफूले सभापतिमा उमेद्वारी घोषणा गरेको उनले बताए। उनले सर्वसम्मत र निर्वाचन दुवै विकल्पका लागि आफू तयार रहेको बताए। ज्योतिन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *