Salime Malika Krishi Farm

Awareness Campaign

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पत्रकार शिवाकोटीको उम्मेद्वारी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। दोलखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका शिवाकोटीले मुलधारको पार्टी राजनीति गर्ने तयारी गरेका हुन्।

देशभरिका नेपाली कांग्रेसका अग्रज तथा शुभचिन्तक र प्रेस युनियनका पुराना र नयाँ साथीहरुबाट सकारात्मक उत्तर पाएकाले कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने माहोल बनेको उनले जानकारी दिए। सबैतिरबाट पोजिटिभ कुरा आएकाले चाँडै आधिकारिक रुपमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्न लागेको शिवाकोटीले मिडियाडबलीलाई बताए।

नेपाली कांग्रेसमा पुस्तान्तरण गर्न जरुरी भएकाले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ। उनका अनुसार १४औं महाधिवेशनपछि नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवा नेताहरूको बाहुल्यता रहनेछ।

सिंचाई
Forest
Ad.

कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीअन्तर्गत जिल्ला अधिवेशन भइसकेका दोलखा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, गोर्खा, कालीकोट र रुकुमपूर्व, संखुवासभा, ताप्लेजुङ, मुगु, बझाङलगायतका जिल्ला महाधिवेशन प्रतिनिधिसँग सम्पर्क र कुराकानी भइरहेको उनले बताए।

सबैबाट माया र सद्भाव पाएको उनको भनाइ छ। हाम्रा कुरा डटकम अनलाइनका सम्पादक शिवाकोटीले बहालवाला सभामुख र सञ्चारमन्त्रीको समाचार ब्रेक गरेर नेपालको पत्रकारितामा नयाँ मानक स्थापित गरिसकेका छन्।

उनले लेखेकै समाचारका कारण तत्कालीन सभामुख कृष्णबहादुर महरा र सञ्चारमन्त्री गोकुल बास्कोटाको पद गएको थियो। महरामाथि संसद् सचिवालयकी एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएकी थिइन्।

यस्तै, तत्कालिन प्रधानमन्त्री केपी ओलीका प्रियपात्र बास्कोटाको ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक गरेर शिवाकोटीले उनको पद नै खाइदिए। सेक्युरिटी प्रिन्टिङ प्रेस टेन्डर आह्वानमा मन्त्री बास्कोटाले एजेन्ट विजय मिश्रसँग ७० करोड डिल गरेका थिए।

Awareness by SKF

आफूले लेखेका समाचारका कारण राज्यको पाँचौँ वरीयता र सञ्चारमन्त्रीकै पद खुस्काइदिएकाले पनि पत्रकार शिवाकोटीको चर्चा चुलिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया