Hi-Speed Computer

Awareness Campaign

आज एकै दिन २ कम्पनीको शेयर दोस्रो बजारमा, लगानीकर्तालाई फाइदा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: आज बिहीबार धितोपत्र बोर्डमा एकै दिन दुई कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने भएका छन्। जसले धेरै लगानीकर्ताको सम्पति बढ्ने छ।

केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर नेप्सेमा हिजो सूचीकृत भएको थियो। यो कम्पनीको आज शेयर कारोबार हुने छ।

स्टकका अनुसार कम्पनीको ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ।

Forest
Forest
Ad.

त्यस्तै (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे। अब यो कम्पनीको पनि आज बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसा सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया