गुल्मी: इस्मा गाउँपालिका-२ मा रहेको छल्दीटारी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुरु भएको छ। बर्थिङ्ग सेवा सेन्टरको मंगलबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन्।
गर्भवती महिलाहरुलाई सहज र सरल स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बताए। साथै अध्यक्ष विष्टले यस बर्थिङ्ग सेन्टरबाट लाभ लिन सबै गर्भवती महिलालाई आग्रह समेत गरेका छन।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष विमला खत्रीले सिङ्गो गाउँपालिकालाई नै जिरो होम डेलिभरी घोषणा गर्ने कार्यक्रम रहेको जानकारी गराउदै सबै गर्भवती महिलाई स्वास्थ्य संस्थामै गएर सुत्केरी हुन आग्रह गरेकी छन। सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भए मात्रै आमा र बच्चाको स्वास्थ्य सुरक्षित हुने उनको तर्क थियो।
त्यस्तै गाउँपालिकाले बर्थिङ्ग सेन्टर सञ्चालनको लागि एक जना अनमि समेत नियुक्ती गरेको जानकारी दिएको छ।
त्यस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर नहुँदा त्यस क्षेत्रका गर्भवती महिलाहरु हस्तिचौर र सदरमुकाम तम्घास जान बाध्य थिए। गुल्मी अपडेट डटकममा यो खबर छ।