Clean Water Campaign

Awareness Campaign

गुल्मीमा ८० हजार नागरिकलाई भोलि देखि कोरोना विरुद्धको खोप लगाइदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: भोलि देखि गुल्मीका झण्डै ८० हजार नागरिकले कोरोना विरुद्धको खोप लगाउने भएका छन्। जिल्लामा प्राप्त भएको ८० हजार जापानिज एस्टाजेनिका डोज खोप मध्ये ७९ हजार ६ सय डोज खोप सबै स्थानीय तहमा पुगिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

१८ वर्ष भन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलाहरुलाई परिचय पत्रको आधारमा खोप प्रदान गरिने छ। भोलि मंसिर ७ गते देखि सुरु भएको खोप अभियान मंसिर ९ गते सम्म चल्नेछ।

जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बाँडिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए।

Forest
Forest
Ad.

जस अन्तर्गत चन्द्रकोट गाउँपालिकामा छ हजार पाँच सय डोज, छत्रकोट गाउँपालिकामा छ हजार तीन सय डोज, धुर्कोट गाउँपालिकामा छ हजार एक सय,गुल्मीदरबार गाउँपालिकामा छ हजार चार सय, इस्मा गाउँपालिकामा पाँच हजार पाँच सय, कालीगण्डकी गाउँपालिकामा पाँच हजार दुई सय, मदाने गाउँपालिकामा पाँच हजार आठ सय डोज खोप प्राप्त गर्नेछन्।

यसैगरी मालिका गाउँपालिकामा पाँच हजार आठ सय, रुरु गाउँपालिकामा पाँच हजार पाँच सय,सत्यवती गाउँपालिकामा सात हजार एक सय, मुसिकोट नगरपालिकामा नौ हजार चार सय र रेसुंगा नगरपालिकामा १० हजार डोज खोप प्राप्त गरेका छन्।

लक्षित समूह ठुलो रहेकाले सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरी एउटा खोप केन्द्रबाट दैनिक एक सय देखि एक सय पचास जना सम्मलाई खोप सेवा प्रदान गर्न स्वास्थ्य कार्यालय गुल्मीले सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

यता स्थानीयतहले पनि खोप सेवा प्रदानको लागि आवश्यक व्यवस्थापन गरिसकेको बताएका छन्। गुल्मी अपडेट डटकममा यो खबर छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया