Smoking Causes Cancer

गुल्मीमा खन्युको रुखमा बेवारिसे शव फेला



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अवस्थामा बेवारिसे शव फेला परेको छ।

जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर २, अर्बेनी स्थित कालिगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अवस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो।

फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको नग्न अवस्थामा सम्पुर्ण शरिरको भाग सडेगलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। खन्युको रुखमा अड्किएको अवस्थामा नाम, थर, वतन र लिङ्ग समेत नखुलेको बेवारिसे शवलाई पहिचानको लागि सबै तिर हुलिया पठाइएको भट्टराईले बताउनु भयो।

सिंचाई
Forest
Ad.

शवको लाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न भए पनि हाल सम्म सनाखत हुन नसकी बेवारीसे रहेको प्रहरीले जनाएको छ। गुल्मी न्यूज डटकममा यो खबर छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया