Salime Malika Krishi Farm

Awareness Campaign

सञ्चारकर्मी नेपालीले जन्मदिनमा बडिगाडका विपन्न बालबालिकालाई दिए शैक्षिक सामग्री



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जन्मदिन मनाउने चलन बढिरहेको छ। जन्मदिनमा केक काट्ने, साथीभाईलाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढ्दै गरेको छ। तर केहीमा भने सामाजिक भावना पनि रहेको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ निवासी सञ्चारकर्मी दिपक नेपालीले भने आफ्नो जन्मदिनको खर्च विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन्। सञ्चारकर्मी नेपालीले आफ्नो जन्मदिनको अवसर पारेर बाग्लुङको बडिगाड गाउँपालिका वडा नं ५ दाँगका अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्रीहरु वितरण गरेका हुन्।

दैनिक ज्यालामजदुरी गरेर परिवारको लालनपोषण गर्दै आएका आफ्ना बाबु देविराम गुरुङको भिरबाट लडेर मृत्यु भएपछि अध्ययन गर्न समेत आर्थिक अवस्था दयनीय भएका बालबालिकालाई नेपालीले शैक्षिक सामाग्री वितरण गरेका हुन्।

सिंचाई
Forest
Ad.

उक्त परिवारमा रहेका ५ जना बालबालिकालाई कपि, कलम गरी झण्डै ४ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको हो। सञ्चारकर्मी नेपालीले अभिभावकविहिन बनेका नानी बाबुहरुको अध्ययनका लागि थोरै भएपनि सहयोग होस् भनेर आफुले शैक्षिक सामाग्री वितरण गरेको बताए।

‘विद्यार्थीको शैक्षिक उन्नतिको लागि जन्मदिन मनाउने खर्च कटाएको छु। हामी जन्मदिन मनाउने नाममा हजारौँ खर्च गर्न सक्छौँ तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं।’ उनले फजुुल खर्च गर्नुभन्दा पनि समाजका अन्य असहाय, अनाथ र विपन्न वर्गलाई सहयोग गर्न सबैलाई आग्रह पनि गरे।

शैक्षिक सामाग्री ग्रहण गर्दै टिका गुरुङले आफुहरुको अवस्थाको बारेमा बुझेर शैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरिन्। कार्यक्रममा थानापति आधारभूत विद्यालयका प्रधानाध्यापक घिमिरे, सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, समाचार प्रमुख सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया