Awareness

एमाले गढमा नेकपा एसकाे वजनदार ‘इन्ट्री’, परिपक्क नेता ज्ञवाली अध्यक्षमा चयन

खबर राजनीतिका खबर

Place for ads

कृष्ण अन्जान, गुल्मी: वैचारिक मतभिन्नता पछि नेकपा एमालेबाट विद्राेह गरी बनेकाे नेपाल कम्युनिष्ट पार्टी समाजवादीले एमालेकाे गढ मानिने रुरुक्षेत्र गाउँपालिकामा आफ्नाे संगठनकाे खाता खाेलेकाे छ।

नेकपा एमालेका पुराना कार्यकर्ता समेत रहेका रामजी ज्ञवालीलाई नेकपा समाजवादीले रुरुक्षेत्र गाउँपालिकाकाे पार्टी अध्यक्षकाे रुपमा सपथ ग्रहण गराए संगै रुरुक्षेत्र गाउँपालिकामा पनि समाजवादी पार्टीको ‘इन्ट्री’ भएकाे हाे।

Get Vaccinated

नेकपा समाजवादीका रुरुक्षेत्र गाउँपालिकामा अध्यक्षकाे सपथ लिएका रामजी ज्ञवाली २०३४ सालमा कम्युनिष्ट विचारमा लागेका पुराना वामपन्थी हुन। २०५१ सालमा नेकपा एमालेकाे संगठित सदस्य भई निरन्तर एमालेमा रहेर काम गरेका ज्ञवाली करिब ४४ वर्षको एमाले पार्टीसँग बिदावारी भएर नेकपा समाजवादीकाे नयाँ घरमा छिरेका छन।

नेकपा एमाले नवौँ महाधिवेशन पछि कम्युनिष्ट आदर्शबाट च्यूत भएकाेले याे विचारमा रहँदाकाे अवधि सम्म गरेका आर्थिक, भौतिक र राजनैतिक लगानी अर्थहिन भएकाे निष्कर्ष उनकाे छ। ‘मैले यतिबेला नेकपा समाजवादीकाे बर्काे थापेकाे र मैले थापेकाे बर्काेमा आउन रुरुक्षेत्रका कमरेडहरुलाई आग्रह गर्दछु।’ ज्ञवालीले भने।

यतिबेला रुरुक्षेत्र गाउँपालिकामा नेकपा समाजवादीबाट रामजी ज्ञवालीलाई मात्र अध्यक्षकाे रुपमा सार्वजनिक गरेकाे छ तर संगठनमा अरु काेकाे छन यसबारे केही बताईएकाे छैन।

‘असन्तुष्टी धेरैमा छ खुलेर कमरेडहरु आउन सक्नु भएकाे छैन, म सबै वडाहरुमा कमरेडहरुसँग सम्पर्कमा छु। छिट्टै पार्टीको संगठन विस्तार हुनेछ।’ अध्यक्ष ज्ञवालीले भने।

Awareness by SKF

समयले हिजो सँगै काम गरेका साथीहरु संग राजनैनिक रुपले फरक-फरक स्थानमा रहनु पर्ने अवस्था आएपनि सम्बन्ध सुमधुर र मित्रता यथावत रहने ज्ञवालीले बताए।

लामाे समय शिक्षण पेशामा रहँदा नेपाल राष्ट्रिय शिक्षक संगठनकाे आजिवन सदस्य नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका रामजी ज्ञवाली हालैमात्र शिक्षक पेशाबाट निवृत्त भएका हुन।

नेकपा एमालेकाे गढमा एमालेकै पाका नेतालाई नेकपा समाजवादीले आफ्नाे संगठनमा जिम्मेवारी दिएपछि रुरुक्षेत्रमा राजनीतिक तरंग उत्पन्न भएकाे छ। सेतोमसी डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *