Hi-Speed Computer

Awareness Campaign

उड्ला त अब गुल्मीबाटै जहाज? ड्रोन फुटेजमा यस्तो देखियो निर्माणाधिन रेसुंगा विमानस्थल (भिडियो)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा रेसुंगा विमानस्थल निर्माण थालेको झन्डै १६ बर्ष हुन थालि सक्यो। बेलाबेलामा चर्चामा आउने र सेलाउने गरिरहेको रेसुंगा विमानस्थल ४ बर्ष पहिले एकाएक चर्चामा आयो, कारण थियो परिक्षण उडान। २०७५ साल जेठ २५ गते तारा एअरको ट्विनअटर विमानले धुले माटोमै परिक्षण उडान सम्पन्न पनि गर्यो।

२०६३ सालमा तत्कालिन एमाले नेता प्रदिप ज्ञवाली पर्यटन मन्त्री हुँदा थालिएको निर्माण कार्य १२ बर्ष पछि उनै नेता ज्ञवाली परराष्ट्रमन्त्री हुँदा धुले माटोमै परिक्षण उडान गरिएको थियो। बडो तामझामका साथ गरिएको परिक्षण उडान अवलोकन गर्न मन्त्री ज्ञवाली हेलिकप्टर मार्फत गुल्मी पुगेका थिए।

परिक्षण उडानको क्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले ढिलोमा आज भन्दा ३ बर्ष पहिले अर्थात २०७५ सालको दसैं सम्ममा रेसुंगा विमानस्थलमा नियमित उडान थाल्ने बताएका थिए। त्यो दसैंँमा मन्त्री ज्ञवालीले भने जस्तो नियमित उडान भएन। रेसुंगा विमानस्थलको चर्चा बिस्तारै सेलाउँदै गयो।

Forest
Forest
Ad.

पछि फेरि रेसुंगा विमानस्थलको चर्चा चल्यो, कान्तिपुर दैनिकमा प्रकाशित समाचारको कारण। कान्तिपुर दैनिकले एउटा खबर छाप्यो बुद्ध एअरले गुल्मी सहितका पहाडी जिल्लामा उडान गर्ने भनेर। ‘दुर्गमतर्फ मोडियो बुद्ध’ शिर्षकको सो समाचारमा सन् २०२० भित्रमा बुद्धले अर्को सहायक कम्पनी स्थापना गरेर हिमाली र उच्च पहाडी भेगतर्फ सेवा विस्तार गर्न लागेको बताईएको थियो।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई उद्धृत गर्दै अमेरिकी सेस्ना स्काई कुरियर विमान खरिद गरेर काठमाडौंबाट गुल्मी सहित रुम्जाटार, भोजपुर, ताप्लेजुङ, लुक्ला, पोखरा र जोमसोम र गुल्मी उडान लागिएको जनाईएको थियो। अघिल्ला हल्लाहरु जस्तो २०२० भित्र गुल्मीमा जहाज उड्ने हल्ला हल्लामा मात्रै सिमित भयो। जहाज उडेन।

अहिले फेरी विगत डेढ दशकदेखि अलपत्र जस्तै बनेको रेसुङ्गा विमानस्थलमा जहाज उड्ने चर्चा चल्न थालेको छ। पछिल्लो समय विमानस्थलको भौतिक संरचनाको निर्माणमा तिव्रता, काम सकिन लागेको, छिट्टै सकिने, विमानस्थल सन्चालनमा आउन धेरै समय नलाग्ने जस्ता हल्ला चल्न थालेको छ। उसो त हल्ला त्यसै चलेको हैन।

स्थानीय जन प्रतिनिधी र राजनीतिक दलका नेता कार्यकर्ताहरुले विभिन्न कार्यक्रमहरुमा यस्तो भाषण गर्ने गरेका छन्। भाषण हल्ला जे जस्तो भए पनी यथार्थ एकदम फरक छ। निर्माणले तिव्रता पाएको भनिए पनि धेरै काम बाँकी नै छ।

Awareness by SKF

गुल्मी मात्र नभएर ५ नम्बर प्रदेशलाई नै हावाईमार्गले जोड्ने भैरहवा विमानस्थल पछि दोस्रो विकल्पको रुपमा रहेको गौरवको आयोजनाबाट गुल्मेली मात्र हैन छिमेकी जिल्लाहरुका स्थानीयहरु पनि निकै उत्साहित भएका थिए।

उनिहरुको आफ्नो घर छेवैबाट जहाज चढेर भैरहवा, काठमाडौं, पोखरा लगायतका गन्तव्यमा पुग्ने जिजिबिषा कायमै छ। गुल्मी न्यूज डटकममा यो खबर छ।

हेरौँ ड्रोन सट सहितको भिडियो फुटेजमा कस्तो देखिएको छ बन्दै गरेको रेसुंगा विमानस्थल:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया