Awareness

Awareness Campaign

मुसिकोट नगरपालिका गुल्मीकाे दशाैँ नगरसभा सम्पन्न, महत्वपुर्ण तीन विधेयक पारित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गोविन्द कंडेल, गुल्मी: मुसिकोट नगरपालिका गुल्मीकाे दशाैँ नगरसभा बुधबार सम्पन्न भएको छ। गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको मुसिकोट नगरपालिकाले केही योजनाहरू संशोधन सहित महत्वपूर्ण तिन विधेयकहरू पारित गरेको छ।

Forest
Forest
Ad.

बुधवार मुसिकोट नगरपालिकाको वडा नं. ७ वामीटक्सारमा सम्पन्न दशाैँ नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो।

सभाकाे पहिलो बैठकमा नगर उपप्रमुख कमला शर्माले आर्थिक वर्ष २०७८/०७९ को आंशिक बजेट तथा कार्यक्रम संशोधन विधेयक २०७८, विद्यमान समिति संयोजक नरेशराज खरेलले मुसिकोट नगरपालिकाको आर्थिक विधेयक २०७८ र सुशासन तथा संस्थागत क्षमता विकास समिति संयोजक भागीरथ खरेलले आ.व.२०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को अन्तिम लेखा परिक्षण प्रतिवेदनमा नियमित गर्नुपर्ने भनिएका बेरूजु समपरिक्षण सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

सभाको दोस्रो बैठकमा छलफल पछि प्रस्तावित प्रस्तावहरू मध्ये अन्तिम लेखा परिक्षण प्रतिवेदनमा नियमित गर्नुपर्ने भनिएका बेरूजु समपरिक्षण सम्बन्धी प्रस्ताव बहुमतले पारीत भएको छ उक्त प्रस्तावमा एक जना मात्रै सभा सदस्यको फरक मत रहेको थियो भने अन्य दुवै प्रस्तावहरू सर्वसहमतीले पारित भएका हुन।

नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमानन्द भुसालले नगरसभा सरकारका तीन महत्वपूर्ण अगंहरूमध्ये व्यवस्थापिका रहेकाले व्यवस्थापकीय अधिकार अन्तर्गतका विषयहरु कानुन बनाउने, बजेट तथा कार्यक्रमहरु संशोधन गर्ने लगायतका काम नगरसभाबाट सम्पन्न भएको बताउनुभयो।

नगरपालिकाको दशाैँ नगरसभाको सम्पूर्ण कारवाही आज नै सम्पन्न भएको छ। सभा सम्पन्न पश्चात नगर प्रमुख सापकोटाले सभा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया