Awareness Campaign

सोरठी नाच संरक्षण गर्दै गुल्मी दर्लिङका युवाहरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

डिबी खड्का, गुल्मी: पछिल्लो समय पश्चिमी संस्कृतीको प्रभाव बढ्दै जादा हाम्रा कला संस्कृतीको लोप हुँदै जान थालेका छन्।

केही समय पहिला सम्म गाउँघरमा प्रशस्त मात्रमा देख्न सकिने हाम्रो मौलिक कला संस्कृतीहरु पछिल्लो समय संकटमा पर्दै जान थालेका हुन्। कला संस्कृती संकटमा पर्दै जान थालेपछि गुल्मी दर्लिङका युवाहरु भने समाजमा उदाहरणीय कार्य गर्दै सोरठी नाच संरक्षणमा चासो दिन थालेका छन्।

मालिका गाउँपालिका-२, दर्लिङ क्षेत्र जनजातीको बाहुल्यता रहेको क्षेत्र हो। यस क्षेत्रमा केही वर्ष पहिला सम्म मगर जातिहरुको संस्कृतीको रुपमा रहेको सोरठी नाच छ्याप्छ्याप्ती देख्न पाईन्थ्यो तर आज भोलि भने यस्तो नाच हेर्न प्रतियोगितानै आयोजना गर्नु पर्ने अवस्था सिर्जना भएको छ।

Forest
Forest
Ad.

स्थानीय तुल्सी स्मृती युवा क्लबले विगत १३ वर्ष देखि कला संस्कृतीको संरक्षण र युवा पुस्तामा हस्तान्तरणको लागि सोरठी नाच प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष दिपेन्द्र घर्ती मगरले बताए।

देवी देउता, पौराणिक तथा ऐतिहासिक कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ। मानिसका दुःख, वेदना तथा चाडपर्वका शुभकामना समेत सोरठी गीतमा प्रस्तुत गर्ने गरिन्छ।

मगर समुदायमा जन्म, व्रतबन्ध देखि मृत्यु सम्मका संस्कारमा नाचिने यो नाच पछिल्लो समय युवा पुस्ताहरु विदेश पलायन भए संगै हराउदै गएको पुराना पुस्ताको भनाई रहेको छ। बस्दै उठ्दै लिपिबद्ध रुपमा गाईने र नाचिने यो नाच प्रति युवा पुस्ताले परिर्वतन गर्दै लगेको पुराना पिँढीको गुनासो रहेको छ। स्थानीय वृद्ध डिल बहादुर पर्तेल भन्नुहुन्छ, ‘नयाँ पुस्ताले सोरठी नाच सिक्न नखोज्नु र आफ्नै तरीकाले नाच्न र गाउन खोज्दा यो संस्कृती संकटमा पर्दै जान थालेको छ।’

Awareness by SKF

भौगोलिक रुपमा अन्त्यन्त विकट मानिने मालिका गाउँपालिका कला संस्कृतिमा भने धनी गाउँपालिका हो। कला संस्कृतिको संरक्षणको लागि गाउँपालिकाले पनि सक्दो सहयोग गरेको गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा बताउनु हुन्छ।

गाउँपालिकाले कला र संस्कृतीको जर्गेनाको लागि मालिका लोक तारा आयोजना गर्ने, विभिन्न क्लब तथा समूहले आयोजना गरेको सास्कृतीक कार्यक्रममा सहयोग गर्ने, पञ्चेबाजा वितरण गरेको अध्यक्ष थापाको भनाई छ।

युवा पुस्ताहरु पश्चिमी संस्कृती तर्फ आकर्षित हुँदा सोरठी नाच बुढापाकामा मात्रै सिमित हुन पुगेको छ। समाजमा सानो, ठुलो धनी वा गरिब केही नभनी सबै मिलेर गाईने र नाचिने यो नाचले सामाजिक सद्भाव समेत कायम राख्न मद्दत पुर्याएको छ। गुल्मी अपडेट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया