Hi-Speed Computer

Awareness Campaign

नेपाली कांग्रेस गुल्मीको प्रदेश सभाको प्रथम अधिवेशन मुसिकोटमा हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीको प्रदेश सभाको अधिवेशन मुसिकोटमा हुने भएको छ।

महाधिवेशनको क्रममै आउँदो मङ्सिर ३ गते गुल्मी क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ ‘क’को अधिवेशन मुसिकोट नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ७ स्थित बसपार्कमा हुने काङ्ग्रेसले बताएको छ।

गुल्मीको मुसिकोट नगरपालिकाका ९ वटा वडा, रेसुङ्गा नगरपालिकाका १ देखि ६ सम्मका ६ वटा वडाहरु र इश्मा गाउपालिकाका ६ वटा गरी जम्मा प्रदेश सभा २ ‘क’ अन्तर्गत २१ वटा वडाहरु रहेका छन।

Forest
Forest
Ad.

३ वटा स्थानीय तहबाट क्षेत्रीय प्रतिनिधिको रुपमा छनोट भएका जम्मा ४३० जनाले १६ जना प्रदेश प्रतिनिधिसहित २३ जनाको प्रदेश सभा कार्य समिति चयन गर्नेछन।

अधिवेशनको मिति नजिकिए सङ्गै तयारीलाई तिव्रता दिइएको प्रदेश सभाका सभापति पुर्ण केसीले जानकारी दिनुभयो। कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि काङ्ग्रेसले विभिन्न उप-समितिहरु समेत बनाएको छ।

जसमध्ये आर्थिक संयोजकको जिम्मा पुर्व जिल्ला सचिव समेत रहनुभएका हरिनारायण सापकोटालाई दिइएको छ भने प्रचारप्रसार संयोजकको भुमिका नगर सभापति मोहन घिमिरेलाई जिम्मा दिइएको छ।

त्यस्तै आवास व्यवस्थापन तथा मोटरसाइकल र्याली संयोजक नेपाली काङ्ग्रेस मुसिकोटका उपसभापति सन्तोष शाक्य, भोजन व्यवस्थापन संयोजक काङ्ग्रेस वडा नम्बर ७ का वडा सभापति तेजिन्द्र जिसी रहनुभएको छ।

Awareness by SKF

अधिवेशनलाई थप आकर्षक बनाउनको लागि सांस्कृतिक क्षेत्र संयोजक महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, मन्च व्यवस्थापन संयोजक झविलाल भण्डारी, स्वयंसेवक व्यवस्थापन संयोजक विक्रम श्रेष्ठ, अतिथि व्यवस्थापन संयोजक वेद प्रसाद शाक्य लगायतलाई जिम्मा दिइएको काङ्ग्रेसले बताएको छ।

कार्यक्रमलाई उल्लासमय बनाउनको लागि बाइक र्यालिमा १०० भन्दा बढिको संख्यामा बाइकहरु जुटाउने तयारीमा लागेको खगेश्वर सापकोटाले बताउनुभयो। यस अघि गुल्मी काङ्ग्रेसले वडा र गाउँ/नगर अधिवेशन सम्पन्न गरिसकेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया