Hi-Speed Computer

Awareness Campaign

गुल्मीको रेसुङ्गामा आज मेला लाग्दै, २ वटा पालिकामा सार्वजनिक बिदा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, गुल्मी: गुल्मीका २ स्थानीय तहहरुले हरिबोधनी एकादशीको दिन(आज)सार्वजनिक बिदा दिएका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले २९ गते (आज) सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए। सोमबार नगरपालिका मातहतका सम्पुर्ण कार्यालयहरु, शैक्षिक संस्था लगायतका कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ।

यस्तै गुल्मीदरबार गाउँपालिकाको २८ गतेको कार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। आज रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने र भैलो प्रतियोगिता समेत आयोजना गरिएको छ।

Forest
Forest
Ad.

पवित्र स्थल पोखरीमा गई स्थान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ। गुल्मीको रेसुङ्गा पोखरीमा हरेक वर्ष एकादशी र साउन महिनाभर मेला लाग्ने गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया