Clean Water Campaign

Awareness Campaign

गुल्मीको वामीटक्सारमा खुल्ला भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता आयोजना हुँदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गोविन्द कंडेल, गुल्मी: जिल्लाको ऐतिहासिक वामीटक्सार बजारमा मंसिर १५ गते देखि १७ गते सम्म खुल्ला भलिबल तथा रेकर्ड डान्स प्रतियोगिता सम्पन्न हुने भएको छ।

वामीटक्सार युवा क्लब मुसिकोट नगरपालिका वडा नं. ७ को आयोजनामा कार्यक्रम सम्पन्न हुन लागेको हो। ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ कार्यक्रम आयोजना हुन लागेको वामीटक्सार युवा क्लवले जनाएको छ‌।

भलिबल खेलमा सहभागी हुन चाहने टिमले मंसिर १४ गते साँझ सम्ममा टिम दर्ता गरी सक्नु पर्नेछ। टिमदर्ताका लागि भलिबल तर्फ रू २,००० र रेकर्ड डान्स तर्फ रू ५०० लाग्ने छ। भलिबल तर्फ प्रथम हुने टिमले नगद रु ३३,३३३/- कप, मेडल र प्रमाणपत्र, द्वितिय हुनेले नगद रू २२,२२२/- कप, मेडल र प्रमाणपत्र, तृतिय हुनेले नगद रू ११,१११/- कप, मेडल र प्रमाण प्राप्त गर्नेछ।

सिंचाई
Forest
Ad.

त्यस्तै खुला रेकर्ड डान्स तर्फ प्रथम पुरस्कार ६,०००/- मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार रू ४,०००/- मेडल र प्रमाणपत्र,तृतिय पुरस्कार रू २,०००/- मेडल र प्रमाणपत्र रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया