Awareness Campaign

बागलुङको बडिगाडमा यस वर्ष न्वागी मेला आयोजना हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, बागलुङ: कोरोना सक्रंमणका कारण २ वर्षदेखि रोकिएको न्वागी मेला यसवर्ष आयोजना हुने भएको छ। पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्व अर्थात न्वागी पर्वका अवसरमा सञ्चालन हुँदै आएको न्वागी महोत्सव यस वर्ष आयोजना गर्न लागिएको पौदी न्वागी मेला संरक्षण समितिले जनाएको छ।

हरेक वर्ष न्वागी पर्वको अवसरमा आयोजना हुँदै आएको महोत्सव विगतका वर्षहरुमा कोरोना सक्रंमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण हुन सकेको थिएन।

तर यस वर्ष बागलुङको बडिगाड गाउँपालिका-५, ग्वालीचौरस्थित खार बजारमा मसिंर ५ गतेदेखि मेला लाग्ने पौँदी न्वागी मेला संरक्षण समितिका सचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयोे। मेला आयोजना गर्ने औपचारिक निणर्य गरिएपनि विस्तृत रुपमा भने आईतबार छलफल गरी निणर्य गरिने उहाँको भनाई छ।

Forest
Forest
Ad.

मेलामा स्थानीय कला संस्कृति प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सगैं कृषि मेला तथा अन्य विभिन्न प्रदर्शनी लाग्ने गर्दछ। यस मेलालाई पौदीबासीहरूले यस क्षेत्रकै पर्वको रूपमा मनाउने गर्दछन्।

स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातिको धानलाई दहीमा भिजाई, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुवैले खाने गर्दछन्। खेत भएकाले खेत नभएकालाई पनि निम्ता गर्छन् भने आफ्ना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन छ। दशकौँ देखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ।

ग्वालीचौरको खार बजारमा आयोजना गरिने प्रसिद्ध न्वागी पर्व बागलुङको बडिगाड, ढोरपाटन, गल्कोट, गुल्मीको मुसिकोट, ईस्मा गरी बागलुङ र गुल्मी जिल्लाको मात्र नभएर नेपालको पश्चिम क्षेत्रकै महत्वपूर्ण पर्वको रूपमा स्थापित भएको छ। यो न्वागी पर्व बागलुङ, गुल्मी, प्यूठान, गोरखालगायत देशका विभिन्न भागमा पनि मनाइने गरिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया