Awareness

रेडक्रस सोसाइटी गुल्मीद्वारा पालिका स्तरिय कोभिड-१९ अभिमुखिकरण कार्यक्रम सम्पन्न

खबर स्वास्थ्य खबर

Place for ads

गुल्मी: नेपाल रेडक्रस सोसाइटी, गुल्मी जिल्ला शाखाले पालिका स्तरिय कोभिड-१९ स्वयंसेवकसंग अभिमूखिकरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी, गुल्मी जिल्ला शाखाको कार्यालयमा भएको कार्यक्रममा कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्यको विषयमा प्रकाश पारिएको थियो।

अबका २ महिनामा जिल्लामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन हुने भएको छ। १२ वटै पालिकाका २४ उपशाखाबाट उक्त कार्याक्रम टोलटोलमा सञ्चालन हुने कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्याक्रमका फोकल पर्सन रोशनसिंह ठकुरीले जानकारी दिनुभयो।

Get Vaccinated

कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पालिकास्तरका स्वंयसेवकले पालिकासंग समन्वय गरी कोभिड-१९ विपदको न्युनिकरण तथा रोकथाममा सहयोग पुर्याउने उद्धेश्य रहेको फोकल पर्सन ठकुरीले जानकारी दिनुभयो। सो अवधिभर स्वंमसेवकले खोप केन्द्र, आइसुलेन केन्द्र, कोभिड १९ खोप अभियानमा सहयोग र कोरोना संक्रमितलाई आवश्यक सहयोग गर्नेछन।

समुदायमा आधारित खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यहरु सञ्चालन एवम मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचार सेवाका लागी स्वंमसेवक परिचालित हुनेछन। नेपाल रेडक्रस सोसाइटी, गुल्मी जिल्ला शाखाका अधिकृत कृष्ण प्रसाद खनालले आफनो भनाइ राख्दै कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्याक्रमबारे जानकबारी दिदै केही जिज्ञासा भएमा स्वयंसेवकले व्यक्तिगत फोन सम्पर्क मार्फत सोध्न सकिने बताउनुभयो।

२ महिने कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्याक्रम भोलिदेखि नै सुरु हुने भएको छ। अभिमुखिकरण कार्याक्रममा जिल्लाका सबै पालिकाका पालिका स्तरिय स्वंमसेवकको सहभागिता रहेको थियो।

Awareness by SKF

नेपाल रेडक्रस सोसाइटी, गुल्मी जिल्ला शाखाका सभापति राजेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, गुल्मी जिल्ला शाखाका अधिकृत कृष्ण प्रसाद खनालको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन एवम सम्पूर्ण कार्याक्रमको जानकारी कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य कार्याक्रमका फोकल पर्सन रोशन सिंह ठकुरीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *