Clean Water Campaign

Awareness Campaign

फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाका सेवा सुविधा लिन प्रतिबन्ध



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: सल्यानकाे बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनाैँठाे निर्णय लिएका छन्। आफ्नाे र वडाकाे आलाेचना गरेकाे भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई वडाका सेवाबाट वञ्चित गरेका हुन्।

‘केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट वञ्चित गरिएकाे छ। केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ।’ वडाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।

पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन्।

सिंचाई
Forest
Ad.

के हो घटना?
घटना बिवाहसँग जाेडिन्छ। केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग विवाह गरेका थिए। किशोरी साेही वडाका वडा सदस्यका आफन्त हुन्।

तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएकाे भन्दै केसी वडासँग रुष्ट भएका थिए। ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो। विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने।

कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन। तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ। ज्योतिन्यूज डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया