Salime Malika Krishi Farm

Awareness Campaign

हिमालयन रिइन्स्योरेन्सले ३ अर्बको आईपीओ निष्कासन गर्दै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाण्डौ: पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणको लागि करिवव तीन अर्ब रुपैयाँको प्राथमिक शेयर अर्थात आइपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। १० अर्ब रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ गर्नेछ सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ।

सञ्चालक समितिबाट निर्णय गरेपछि अन्य प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डबाट अनुमति लिएर आईपीओ निष्कासन गर्न केही समय लाग्नेछ। तीन करोड कित्ता आईपीओ भएकाले करिव ३० लाखले १० कित्ताका दरले आईपीओ पाउनेछन्।

सिंचाई
Forest
Ad.

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ। निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो।

लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरेको थियो। नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया