Clean Water Campaign

Awareness Campaign

तम्घासमा सहकारी व्यवस्थापन सम्बन्धी ४ दिने तालिम सुरु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सुर्य सुनार, गुल्मी: सामाजिक जागरण तथा विकास अभियान साडेक नेपाल गुल्मीको आयोजनामा ४ दिने सहकारी व्यवस्थापन तालिम गुल्मीको सदरमुकाम तम्घासमा शुभारम्भ भएको छ।

शुक्रबार एक कार्यक्रमका बिच मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले कार्यक्रमको शुभारम्भ गरिन। सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्र्तगत गठन भएका कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेन्डका ६ वटा सहकारीमा रहेका ३५ जना सदस्य सहभागि रहेका छन्।

मदाने गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास अभियान साडेक नेपालको आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा ४ दिने सहकारी व्यवस्थापन तालिम आयोजना गरिएको साडेक नेपाल गुल्मीका परियोजना संयोजक वसन्त भलामीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

मदाने गाउँपालिकामा रहेका सहकारीलाई थप व्यवस्थापन गरी अगाडि बढाउनको लागि तालिमको आयोजना गरिएको परियोजना संयोजक भलामीले बताए। सहकारीमा रहनुभएका महिलाहरुको क्षमता अभिवृद्धी गर्न, सहकारी संचालनमा सहज बातावरण निर्माण गर्न, उत्पादन बस्तुलाई बजारीकरण गर्न, तालिमले सहयोग पुग्ने परियोजना संयोजक भलामीले विश्वास व्यक्त गरे।

हेफर प्रोजेक्ट नेपाल र मदाने गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थाको लगानीमा उत्पादन तथा वस्तुलाई बजारीकरण गर्नको लागि सवारी साधानको समेत व्यवस्था गरिएको भलामीले बताए।

सहकारी व्यवस्थापन तालिममा मदाने गाउँपालिका वडा नम्बर २,३,४,५ र ७ बाट तालिममा सहभागि रहेका छन्। सामाजिक जागरण तथा विकास अभियान साडेक नेपाल गुल्मीका अध्यक्ष महेन्द्र प्रसाद भण्डारीको सभाध्यक्ष रहेको कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काको प्रमुख आतिथ्यता रहेको थियो।

Awareness by SKF

कार्यक्रममा हेफर नेपाल कार्यक्रम अधिकृत विष्णु पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया