Clean Water Campaign

Awareness Campaign

गुल्मीकी कोपिला पोखरामा ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

पोखरा: कास्की प्रहरीले पोखरामा ठूलो परिमाणमा लागू औषध सहित दुई युवतीलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-८, सिमलचौरबाट २१६ एम्पुल लागूऔषध सहित सोमबार दुई युवती पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो।

पक्राउ पर्नेहरूमा पोखरा-९, नयाँ बजारमा डेरा गरी बस्ने लमजुङ दोर्दी-७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र ३१ वर्षकै गुल्मी मालिका-२ घर भएकी कोपिला अर्याल रहेको डिएसपी हमालले उल्लेख गर्नुभयो।

सिंचाई
Forest
Ad.

डिएसपी हमालका अनुसार शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुको साथबाट जिल्लाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा डाइजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल फेला पारेको हो।

उनीहरूलाई जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गुल्मीन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया