Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा जनगणनाको लागि ४१२ जना गणकहरु खटिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, खत्री: गुल्मीमा राष्ट्रिय जनगणनाको तयारी पुरा भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ।

भोलि देखि अर्थात यही कार्तिक २५ गते दाखि मंसिर ९ गतेसम्म घर-घरमा पुगी मुख्य गणनाको स्थलगत कार्य सम्पन्न गर्न जिल्लाका ३९३ वडा र संस्थागत परिवारको गणनाको लागि ३ जना गरि जम्मा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी पोखरेलले बताए।

जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ।घर घरमा खटिइ आउने गणक कर्मचारिहरुलाई आफ्नो तथ्य सत्य विवरण टिपाई राष्ट्रिय जनगणना २०७८ सफल पार्न आग्रह गरिएको जिल्ला जनगणना पोखरेलले बताए। मूलगणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, पारिवारिक तथा व्यक्तिगत करिब ५५ वटा प्रश्नहरु सोधी विवरणहरु लिइने सहायक जिल्ला जनगणा अधिकारी रामचन्द्र वाग्लेले बताए।

Forest
Forest
Ad.

जनगणनाको लागि यसअघि घरपरिवार सूचीकरण गरिसकेका छन्। गणनाको लागि सम्पूर्ण कार्यक्षेत्रमा आवश्यक सामग्री सहित गणकहरु खटाइएको वाग्लेले बताए। परिवारमा अक्सर बसोवास गर्ने महिला पुरुषको संख्या, स्वदेश भित्रै तर अन्यत्र बस्नेको संख्या र विदेश भएकाको संख्याको साथै विदेश रहेकाको थप विवरण लिनेछन। परिवार बसेको घरको स्वामित्व, घर निर्माणमा कुन र कस्तो सामग्री प्रयोग भएको छ सो को विवरण लिइनेछन्।

परिवारमा खानेपानीको स्रोत, बत्तिको स्रोत, खाना पकाउने इन्धन, परिवारमा शौचालयको अवस्था, परिवारमा प्रयोग भएका घरायसी सुविधा र साधन ९ रेडियो, टिभी, इन्टरनेट, कम्पुटर, मोटरसाइकल, कार, वासिंग मेशिन आदिहरु के-के छ सो को विवरण लिइनेछन्।

परिवारमा कृषि बाहेक साना घरेलु व्यवसाय संचालनमा छ कि छैन, छ भने संचालक पुरुष कि महिला, परिवारमा महिलाको (विदेश रहेकी महिला सहित) नाममा देशको कुनै पनि स्थानमा घर जग्गा छ कि छैन, परिवारमा गत १२ महिनामा भएको मृत्युको विवरण, १५-४९ बर्ष उमेरका विवाहित महिलाको मृत्युको विवरण लिनेछन।

व्यक्तिगत विवरणमा व्यक्तिको लिंग, जन्म मिति सहित उमेर, जातजाति, धर्म, कुन देशको नागरिक हो, कुनै किसिमको अपाङ्गता छ/छैन, ५ बर्ष मुनिका उमेरकाको जन्म दर्ता छ/छैन, १० वर्ष माथिकाको लागी विवाहित स्थिति, विवाहित भए पहिलो पटक विवाह गर्दाको उमेर, ५ बर्ष माथिकाको लागि शैक्षिक अवस्था, १५-४९ बर्ष उमेरका विवाहित महिलाको प्रजननको विवरण, १८ बर्ष मुनिका बालबालिकालाई संरक्षक को हो, १० बर्ष उमेर र सो भन्दा माथिकालाई कुनै प्रकारको आर्थिक क्रियाकलापमा संलग्नता छ कि छैन र छ भने कस्तो किसिमको क्रियाकलापमा सम्लग्न छ सो को विवरण लिइन्छ।

Awareness by SKF

६ महिना भन्दा कम आर्थिक क्रियाकलाप गरेको छ भने किन काम नगरेको लगायतका विवरणहरु मुख्य प्राश्नावलिमा सोधिनेछ। मुख्य गणनाकै क्रममा सुपरिवेक्षकहरु आफु खटिएको वडा कार्यालयमा पुगी करिब ८० वटा प्रश्न भएको सामुदायिक प्रश्नावली भर्नेछन्। मंसिर ९ गते गणकहरूले घर ठेगाना नभएका घुमन्ते फिरन्ते हरुको गणना गर्नेछन। मंसिर ९ गतेलाई सरकारले जनगणना दिवस मनाउने भएको छ।

कोहि नछुट्ने र कोहि नदोहोरिने गरी गणनामा खटिने गणक कर्मचारीहरुलाई आफ्नो सत्य तथ्य विवरण टिपाइ दिन जिल्ला जनगणना कार्यालय गुल्मीले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया