Clean Water Campaign

Awareness Campaign

तिलाचन धुरीमा उच्च गतिको फोरजी‌ इन्टरनेट सेवा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: ३ जिल्लाको संगम तिलाचन धुरीमा नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको छ। बागलुङ, रोल्पा र रुकुमको सीमानामा पर्ने धुरीमा पहिलोपटक मोबाइल डाटामा आधारित उच्च गतिको इन्टरनेट सेवा विस्तार भएको हो।

मध्यपहाडी लोकमार्ग विस्तार र स्तोरन्नति भएपछि उक्त धुरी पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ। पर्यटकको चाप बढ्दै गएपछि टेलिकमले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी बिटिएस टावर स्थापना गरी सेवा विस्तार गरेको हो।

समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा अवस्थित तिलाचन धुरी ‘पातीहाल्ने’ नामले परिचित छ। बागलुङको निसीखोला गाउँपालिका ६ स्थित तिलाचन धुरीमा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाईल सेवा टुजी र फोरजी सेवा सुरु गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए।

सिंचाई
Forest
Ad.

टेलिकमले ग्रामीण र दूरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजनाअनुरुप २५ मिटर अग्लो बिटिएस टावर निर्माण गरेको हो। यसअघि सो क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयवासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्र्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहरी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट बञ्चित थिए।

भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए। कुनै दिन जंगली जनावर र गोठालाहरुको मात्रा चहलपहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि आन्तरिक पर्यटक पातिहाल्नेमा पुग्न थालेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया