गुल्मी: अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ डाँडाकटेरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
बुटवलबाट गुल्मी तम्घास हुँदै धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा जादै गरेको लु १ ख ४८२० नम्बरको बस रिडी-सुर्खेत सडकखण्ड अन्तर्गत पर्ने डाँडाकटेरीमा दुर्घटना भएको हो।
बसमा सवार ९ जना यात्रु सबैको अवस्था ठिक रहेको साथै बाटो साँघुरो र बसको यान्त्रिक खराबीका कारणले बस दुर्घटना भएको चालक विशाल नेपालीले जानकारी दिए। दुर्घटनाले बाटो तल पट्टी रहेको यमकला भुसालको घर जोखिममा रहेको छ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






