Awareness

कालीगण्डकीमा बेपत्ता गुल्मीका युवा अझै भेटिएनन्, गोताखोर मार्फत खोजी



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का शंकर पौडेलको खाेजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेकाे छ।

प्रादेशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आइपुगेको छ। मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका-१,  रुद्रवेणीघाट स्थित कालिगण्डकीमा बेपत्ता छन्।

Get Vaccinated

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए।

यो पनि पढ्नुहोस्: मलामी गएका गुल्मीका एक युवा कालीगण्डकीमा डुबेर बेपत्ता

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया