Hi-Speed Computer

Awareness Campaign

मलामी गएका गुल्मीका एक युवा कालीगण्डकीमा डुबेर बेपत्ता



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का एक युवक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका-७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्ढकीमा डुबेर बेपत्ता भएका हुन्।

पौडेल आइतबार दिउँसो सत्यवती गाउँपालिका-१, रुद्रावेनीघाटमा नुहाउने क्रममा कालिगण्डकीमा डुबेका हुन्।

अहिले इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरीक्षक लक्ष्मण विक र इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुवराज बम नेतृत्वको प्रहरी टोली र स्थानीयले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भटराईले जानकारी दिए।

Forest
Forest
Ad.

जमेको पानीमा गहिरो रहमा डुवेको आशंका भएपनि प्रहरीलाई खोज्न समस्या परिरहेको भट्टराईले बताए। उनले प्रहरीको प्रयास असफल भए गोताखोर मगाएर भएपनि खोजीकार्य अगाडी बढाउने बताए। यो खबर नयाँ पत्रीकाबाट साभार गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया