गुल्मी: मुसिकोट नगरपालिका वडा नं. २, कुखुरापोले निवासी तथा नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोट नगरपालिका-२ वडा कमिटी सदस्य मान बहादुर खत्री, सक्रिय सदस्य यम बहादुर खत्री, गणेश खत्री र क्याप्टेन रमेश खत्रीको पुजनिय बुवा समाजसेवी हस्त बहादुर खत्रीको २०७८ कार्तिक ०८ गतेको दिन ८० बर्षको उमेरमा भएको असामयिक निधनमा पार्टीको तर्फबाट शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।
शोक सभामा बोल्दै नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले शोक मन्तव्य राख्दै उहाँको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनु भयो। दिवंगत बुवा प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै घर परिवार प्रति गहिरो समवेदना प्रकट गर्नुभयो। शोक सभामा मौनधारण तथा स्व. हस्त बहादुर खत्रीको फोटोमा माल्यार्पण समेत गरिएको थियो।
शोक सभामा वडा कमिटी अध्यक्ष हरि बहादुर कुँवर, मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले, नगर कमिटी सचिवालय सदस्य महेन्द्र घिमिरे, वडा अध्यक्ष लक्ष्मण खत्री, नगर कमिटी सदस्य चुरा ब पछाइ, बाबुराम खत्री, शिव बहादुर नेपाली, कोपिला घिमिरेको उपस्थिति रहेको थियो।
यसैगरी वडा कमिटी पुर्व अध्यक्ष मदन घिमिरे, वडा कमिटी सचिव टीका थापा, कार्यपालिका सदस्य गोविन्द नेपाली, युवा संघ कृष्ण भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन मुसिकोट नगरकमिटी सचिवालय सदस्य महेन्द्र घिमिरेको रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |