Clean Water Campaign

Awareness Campaign

सोरठीको संक्षिप्त परिचय र उत्कृष्ट गुल्मेली सोरठी (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिले ‘गुल्मेली सोरठी’ नामको म्युजिक भिडियो सार्वजनिक गरेको हो।

संस्थाका महासचिव हेमनाथ खरालका अनुसार नेपाली मौलिक लोकलय संरक्षण अभियानमा विशेष गरी एघारौँ शताब्दी तिर मौरात देशकी रानी जसको नाम ‘सोरठी’ थियो उनले आफ्नो कला र कौशलताले गीत गाएरै विश्वभर सबैको प्रिय रानी बनेकी थिइन्।

उनको दरबार सुनै सुनको थियो। सेती र कालीको मुहान देखि सेति र कालिको दोभान सम्म उनले चर्चेकोे राज्य थियो भन्ने किम्वदन्ती रहेको छ। उनै सोरठी रानीको देहावसान पछि यसरी गण्डकी, धवलागिरी र लुम्बिनी आसपासका क्षेत्रमा अत्यन्तै रुचाइएको सोरठी भाका तथा मौलिक सोरठी नृत्यलाई बाहिर ल्याउने उद्देश्यले यो गीत र भिडियो निर्माण गरिएको संस्थाले जनाएको छ।

सिंचाई
Forest
Ad.

यो पनि पढ्नुहोस्: अर्को साल देखि गुल्मेली सोरठी प्लस टुमा अध्ययन/अध्यापन गरिने

यस उत्कृष्ट मौलिक सोरठी गीतमा स्वर चर्चित गुल्मेली लोक गायक रामचन्द्र चन्द, शर्मिला गुरुङ र इन्द्र जिसीको रहेको छ। जसमा शब्द र संगीत संयोजन बैकुण्ठ रायमाझीको रहेको छ।

गुल्मीको मुसिकोट नगरपालिका-७, वामीमा निर्माण गरिएको भिडियोलाई रविलाल पौडेलले छायांकन गर्नुभएको हो।

यस संस्थाले नौमती महोत्सव आयोजना गर्ने देखि संस्कृति संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। यस संस्थाले हालै वामीको चिनारी सहितको ‘प्रकृतिले दिएको वामी’ गीत र भिडियो सार्वजनिक गरेको छ।

Awareness by SKF

भिडियो हेर्नुहोस् र शेयर गर्नुहोस्: 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया