Smoking Causes Cancer

मुसिकोटमा झिनियाको कारोवार बढ्दो, तिहारमा मात्रै ३० लाखको व्यापार



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

कौरव खत्री, गुल्मी: गुल्मीको वामीटक्सार बजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै वृद्धि आएको छ। मुसिकोट नगरपालिका-७, वामीटक्सार बजारमा तिहार आसपासमा वामीटक्सार बजारबाट मात्रै झण्डै ३० लाख बराबरको झिनिया रोटीको कारोवार भएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले जानकारी दिए।

दशैँ र तिहारको समयमा मात्र खपत हुने झिनिया पछिल्ला केहि बर्षयता झिनिया बाह्रै महिना राम्रो खपत हुने गरेको र अहिले स्थानीय वामीटक्सार बजारमा झिनिया व्यवसायीहरु बढेर झण्डै ७०/८० जना सम्म झिनिया व्यवसायी पुगेको स्थानीय झिनिया व्यापारी शाक्यले जानकारी दिए।

वामीटक्सार बजारमा उत्पादित झिनिया छिमेकी जिल्ला तथा स्थानीय बजार र गाँउघरमा समेत खपत हुने गरेको पाइन्छ।

सिंचाई
Forest
Ad.

तिहारको समयमा मात्र आफूले झण्डै डेढ लाख भन्दा बढिको झिनियाको व्यापार गरेको भन्दै झिनिया बनाउन सक्ने हो भने जति पनि झिनिया खपत हुने गरेको र झिनिया बिक्रि वितरण नहोला की भन्ने चिन्ता चाहीँ नहुने मुसिकोट नगरपालिका-७, वामीटक्सार बजारकी स्थानीय झिनिया व्यवसायी विष्णुमति श्रेष्ठले बताइन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया