Awareness

दीपक मनाङेको सम्पत्ति: सुन २२ तोला, नगद १० लाखर २ करोड ऋण

खबर राजनीतिका खबर

Place for ads

पोखरा: गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। केही समय पहिले आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताएका उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन्।

अर्कैको नाममा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको मनाङेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

Get Vaccinated

मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री बनेका थिए। पृथ्वीसुब्बाको सरकार ढल्ने निश्चित भएपछि मनाङेले कित्ता परिवर्तन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनलाई काँध थापेर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा बनेको नयाँ सरकारमा पनि मन्त्री बनेका हुन्।

०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन्। २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन्। मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन्। उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन्।

व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ। पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन्। संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको मनाङेले बताएका छन्।

२०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले बताएका छन्। यस्तै रमेश रानासँग २०७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा देखाएका छन्। विवरणअनुसार मनाङे २ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन्।

Awareness by SKF

मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं-२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन्। जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन्। यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन्।

पदमपोखरी मकवानपुरमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन्। ढोरपाटनन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *