Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकामा आँखा उपचार केन्द्र प्रभावकारी बन्दै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा अवस्थित श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्र प्रभावकारी बन्दै गएको छ।

वि.सं. २०६९ सालमा स्थापना भएको आँखा उपचार केन्द्रले स्थापनाकालदेखि नै आँखा सम्बन्धी समस्याहरुको भरपर्दो उपचार गरेकोले अस्पताल प्रति यस आसपासका बासिन्दाहरुको विश्वास बढेको अस्पताल प्रमुख धिरोज कुँवरले बताउनुभयो।

जग्गा र भवन निर्माणकार्यको सम्पूर्ण खर्च व्यवस्थापन गर्नुभएका दानवीर समाजसेवी कृष्णहरि सापकोटाले टाढाटाढाबाट समेत आँखाका बिरामीहरु आएर उज्यालो जिन्दगी लिएर फर्कदा आफुलाई संसार जितेको महसुस हुने उहाँको भनाइ छ।

Forest
Forest
Ad.

गत आर्थिक वर्ष २०७७/७८ लाई आधार मानेर हेर्दा दुई हजार नौ सय अठहत्तर जनाले उपचार केन्द्रबाट सेवा लिएको प्रमुख कुँवरको भनाइ छ। जसमध्ये ५४३ जना बच्चा, एक हजार सत्र जना पुरुष र एक हजार तीन सय अठार जना महिलाले सेवा लिएका छन।

अधिकांश आँखा पाक्ने, घुर कसिङ्गर परेको, आँखाको कारण टाउको दुखेको, मोतियाबिन्दु भएको, आँखा सुख्खा हुने, आँखामा मासु पलाएको, आँखामा एलर्जी जस्ता समस्या भएका बिरामीहरु आउने गरेको तथ्यांक अस्पतालले बताएको छ।

सबैभन्दा बढी जटिल र सफल उपचारको रुपमा अर्लाङ्गकोटका ८६ वर्षका पिताम्बर खरेलको एकैदिन दुवै आँखाको अप्रेसन गरि नेत्रज्योती प्रदान गरेको र ७ वर्षकी मनिषा नेपालीको घाउ भएको आँखामा फुलो परिसकेको अवस्थाको उपचार सफल भएको अस्पतालले बताएको छ।

उपचार केन्द्रमा गुल्मीका मालिका गाउँपालिका, चन्द्रकोट, इश्मा, बडिगाड र मुसिकोट र बागलुङका ढोरपाटन, गल्कोट, निसीखोला लगायतका ठाउँबाट पनि सेवाग्राही आउने गरेको तथ्यांक केन्द्रले दिएको छ।

Awareness by SKF

विद्यार्थीहरुलाई निःशुल्क औषधि उपचार र चस्मा वितरण, विद्यालयमै गएर आँखा परिक्षण, आँखा उपचार सिविरजस्ता सेवा प्रदान गर्दै आएको केन्द्रका सञ्चालक समितिका अध्यक्ष अग्निधर लोहनीले बताउनुभएको छ।

हाल ३ जनाको दरबन्दी रहेको अस्पतालमा प्रत्येक वडामा सिविर सन्चालन गर्ने, जेष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गर्ने, स्वास्थ्य स्वयंसेवकलाई यस सम्बन्धि तालिम दिने, टेलिफोन सन्चारबाट सल्लाहसुझाव दिने योजना रहेको अस्पतालको भावी योजनामा रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया