काठमाडौं: सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ आज (मङ्गलबार) बिहान ८:३० बजे बाँडफाँड हुने भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ।
कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए। याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो।
गाेलाप्रथाबाट बाँडफाँड गर्दा ६७ हजार ८ सय ९० जना आवेदकहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन्। बाँकी करिब २२ लाख आवेदकहरूकाे भने हात खाली हुनेछ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे। सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउथे।
यो पटक प्रबन्धकको वेबसाइटबाट छिटो नतिजा सार्वजनिक गर्ने तयारी रहेको स्रोतले जनाएको छ। नतिजाको लागि यहाँ जान सक्नुहुने छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |