Smoking Causes Cancer

यस वर्ष भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ। यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ।

तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ। यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन्।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका मिष्ठान्न परिकार दिन्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया