Hi-Speed Computer

Awareness Campaign

मध्यपहाडी क्षेत्रलाई लक्षित गरि तिलाचन धुरीमा नेपाल टेलिकमको सेवा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

थम्मन थापा, बागलुङ: रुकुम, रोल्पा र बागलुङको संगम स्थल हो तिलाचन धुरी।

त्यहाँका रिगा ताल र तिलाचन तालले थप प्राकृतिक सौन्दर्यता बढाएका छन। त्यहाँ पुग्ने जो कसैको प्राकृतिक सुन्दरता र मनोरम दृश्यले मन लोभ्याउने गरेको छ। मध्यपहाडी लोकमार्गको स्तरोन्नति र जिल्लाको पश्चिम भुभागमा कालोपत्रे भए सँगै त्यस क्षेत्रमा मानिसको चहलपहल समेत ह्वात्तै बढेको छ।

समुद्री सतह देखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणिय स्थलको रुपमा पछिल्लो समय परिचित हुँदै गएको छ।

Forest
Forest
Ad.

३ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न पाईने भएकाले पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको आवागमनमा समेत उल्लेख्य वृद्वि भएको छ। पहिले पहिले त्यस क्षेत्र आसपासमा गाईभैंसी, भेडाबाख्रा र चराचुरुङगीको मात्र आवाज सुन्न पाईन्थ्यो।

पातीहाल्ने नामले परिचित उक्त ठाउँ बागलुङ, पुर्वी रुकुम र रोल्पाका गोठालाहरुको भेटघाट हुने विन्दु र बासस्थान समेत हो।

आधा दशक अगाडी सम्म पशु चौपाया र सिमित गोठालाहरु भेटिने त्यस ठाउँमा मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नती सँगै अहिले त्यहाँ गाडी र मानिसको भिडभाड बढ्न थालेको छ।

त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानियबासीलाई लक्षित गरि नेपाल टेलिकमले पहिलो पटक मोबाईल सेवा सञ्चालनमा ल्याएको छ।

Awareness by SKF

बागलुङको निसीखोला गाउँपालिका वडा नं. ६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरि मोवाईल सेवा टुजी र फोर जी एक साथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।

टेलिकमले ग्रामीण र दुरदराजका बस्ती सँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटियस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको शर्माले बताए।

यो भन्दा पहिले त्यस क्षेत्रमा मोवाईल सेवा थिएन जसका कारण त्यहाँका स्थानियबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोट देखि पुर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोवाईल र ईन्टरनेट सेवाबाट वञ्चित थिए। अहिले मोवाईल सेवा सुचारु भएसँगै उक्त क्षेत्रलाई सञ्चारमा सुगम बनाएको शर्माको भनाई छ।

उक्त क्षेत्र पर्यटकीय हिसाबले महत्वपुर्ण रहेको र मध्यपहाडी लोकमार्ग भएर धेरै मानिसहरु ओहोरदोहोर गर्ने भएकाले टेलिकमले उक्त कुरालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको जनाएको छ।

मोवाईल सेवा सञ्चालनमा आएसँगै फोनमा कुराकानी गर्न र मोवाईल डाटा मार्फत उच्च गतिको फोर जीको ईन्टरनेट सेवा प्रवाह भईरहेको छ।

भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानियको सहकार्यमा सेवा पुराउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए। अहिलेको डिजिटल युगमा मोवाईल प्रयोगकर्तालाई सहजता प्रदान गर्न टेलिकमले मध्यपहाडी लोकमार्गबाट १ घण्टाको उकालो गोरेटो बाटोमा घोडा खच्चड मार्फत उपकरण र सामाग्री ढुवानी गरेर त्यहाँ मोबाईल सेवा पुर्याएको अध्यक्ष पौडेलको भनाई छ।

सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको बताएको छ। टेलिकमको सेवा सुचारु भए सँगै स्थानिय र त्यहाँ पुग्ने पर्यटक खुसी भएको पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए।

त्यस ठाउँमा अहिले पनि विद्युत सेवा पुगेको छैन। जसका कारण टेलिकमले टावरमा उच्च क्षमताको सोलार सेट जडान गरि टावर सञ्चालन गरेको छ।

मोवाईल सेवा पुगेपछि मध्यपहाडी लोकमार्ग सँगै त्यहाँ पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानियबासी मोवाईल सेवाबाट लाभान्वित भएका छन।

सेवाग्राही प्रति उत्तरदायी भुमिका निर्वाह गर्न टेलिकमले आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउने कार्यलाई तिव्रता दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया