Hi-Speed Computer

Awareness Campaign

कांग्रेसबाट वडाध्यक्ष जितेका मङ्गल बने एमालेकाे पालिका अध्यक्ष



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

दार्चुला: २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्षमा चयन भएका छन्।

दार्चुलाको व्यास गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका हुन्। बिहीबार सम्पन्न एमाले व्यास गाउँपालिकाको अधिवेशनले मंगलसिंह धामी अध्यक्ष र नारददत्त भट्ट सचिव रहने गरी ९१ सदस्यीय कमिटी चयन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य उपेन्द्रसिंह धामीले जानकारी दिए।

गत १० असोजमा भएको नेपाली कांग्रेसको पालिका अधिवेशनमा मंगलसिंह धामीले व्यास गाउँपालिका सभापतिमा दाबी गरेका थिए। पालिका सभापतिमा आकांक्षी बढी भएपछि चुनावी प्रक्रियाबाट कांग्रेसले पालिका सभापतिको टुंगो लगाएको थियो।

Forest
Forest
Ad.

चुनावी प्रक्रियाबाट हारेपछि धामीले कांग्रेसीहरूले धोका दिएको भन्दै १७ असोजमा एमालेमा प्रवेश गरेका थिए। एमालेमा प्रवेश गरेका धामीलाई व्यासका एमालेकार्यकर्ताले सर्वसम्मत रूपमा पालिका अध्यक्षमा चयन गरेका छन्। धामी व्यास क्षेत्रमा प्रभावशाली नेता मानिन्छन्।

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया