Smoking Causes Cancer

बिहान ९ बजे ८ लाख भन्दा धेरै लगानीकर्ताले १० कित्ता शेयर पाउँदै, सबैभन्दा पहिला नतिजा यसरी हेर्नुहोस्



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: सबैको चासोको विषय बनेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज शुक्रबार (कात्तिक १२ गते) बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँड गरिनेछ। बाँडफाँडको लागि सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जनाएको छ।

कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो।

सिंचाई
Forest
Ad.

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो। यो कम्पनीको शेयर ८ लाख १९ हजार भन्दा धेरैले १० कित्ता शेयर पाउने छन्।
शेयरको नतिजा सबैभन्दा पहिले हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया