Smoking Causes Cancer

बुर्तिबाङमा मेला हेरेर फर्केका एक युवा बेपत्ता, भिरबाट लडेको आशंका



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: बडिगाड गाउँपालिका-९, बल्घासका एक युवा मंगलबार रातिदेखि बेपत्ता भएका छन्।

बुर्तिबाङमा पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षीय शंकर परियार मंगलरबार राति १० बजेदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

साथीहरुसंगै राति अबेरसम्म मेला हेरेर घर हिँडेका उनी ढोरपाटन नगरपालिकाको सिमलचौरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। बुर्तिबाङबाट सिमलचौर हुँदै पैदलमार्गबाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट उनी बेपत्ता भएको परियारका आफन्तले बताएका छन्।

सिंचाई
Forest
Ad.

बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक बन्तले बताए। परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया