Awareness

बुर्तिबाङमा मेला हेरेर फर्केका एक युवा बेपत्ता, भिरबाट लडेको आशंका

खबर

Place for ads

बागलुङ: बडिगाड गाउँपालिका-९, बल्घासका एक युवा मंगलबार रातिदेखि बेपत्ता भएका छन्।

बुर्तिबाङमा पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षीय शंकर परियार मंगलरबार राति १० बजेदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

Get Vaccinated

साथीहरुसंगै राति अबेरसम्म मेला हेरेर घर हिँडेका उनी ढोरपाटन नगरपालिकाको सिमलचौरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। बुर्तिबाङबाट सिमलचौर हुँदै पैदलमार्गबाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट उनी बेपत्ता भएको परियारका आफन्तले बताएका छन्।

बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक बन्तले बताए। परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *