Clean Water Campaign

Awareness Campaign

यी कम्पनीहरूको बोनस बुक गर्ने आज अन्तिम दिन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: आज कार्तिक ११ गते ३ कम्पनीहरूको बूक क्लोज हुँदै छ।

आज सम्ममा शेयर धनी बन्ने लगानीकर्ताले आशा लघुवित्त, स्वरोजगार लघुवित्त र सिभिल लघुवित्तका शेयरधनीहरुले यी लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै यिनीहरुको साधारण सभामा पनि सहभागिता जनाउन सक्नेछन्।

आशा लघुवित्त र स्वरोजगार लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज अर्थात कात्तिक ११ गते बुकक्लोज गर्दैछ भने सिभिल लघुवित्तले कात्तिक १३ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।

सिंचाई
Forest
Ad.

आशा लघुवित्त (ALBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, स्वरोजगार लघुवित्त (SLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सिभिल लघुवित्त (CLBSL) ले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न लघुवित्तले कात्तिक २८ गते, आइतबार, बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा दशौँ वार्षिक साधारण सभा डाकेको छ।

कात्तिक ९ गते, बुधबार, दोश्रो बजारमा आशा लघुवित्तको शेयर प्रतिकित्ता १८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने स्वरोजगारको १५७७ रुपैयाँ र सिभिल लघुवित्तको १३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया