Awareness

श्रीमती मन्त्री, श्रीमान उपसचिव

खबर राजनीतिका खबर

Place for ads

काठमाडौं: चर्चित वामपन्थी नेतृ रामकुमारी झाँक्रीले देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। प्रधानमन्त्री देउवाले आफ्नो क्याबिनेट विस्तार गर्दै नेकपा एकीकृत समाजवाादीकी नेतृ झाँक्रीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

वि.सं. २०३४ सालमा गुल्मीको म्याल पोखरीमा बुवा रत्नबहादुर र आमा रनकुमारीको कोखबाट जन्मिएको झाँक्री ०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष चुनिएकी थिइन।

Get Vaccinated

उनी कक्षा ७ मा पढ्दादेखि नै अखिलको विद्यार्थी राजनीतिसँग नजिकिएकी थिइन। केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य चयन भएकी झाँक्रीले १८ बर्षपछि ०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर रेकर्ड ब्रेक गरिन, अखिलको पहिलो महिला अध्यक्ष चुनिएर।

२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन्। त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण पनि। राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाँक्री।

पुलिसको निर्मम लठ्ठी झाँक्रीको टाउकोमा बज्रियो। टाउको फुट्यो। रगतको धारो बगाइन्, झाँक्रीले राजतन्त्र फाल्नकै निम्ति। र गणतन्त्र प्राप्ति पछि उनी प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।

नेतृ झाँक्रीले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन्। २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सो कदमको खरो आलोचक बनिन।

Awareness by SKF

गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रयोग गरेको शब्दका कारण ओली सरकारले उनलाई पक्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रहरीले उनका पति पशुपति पुरीको रोहबरमा रिहा गरेको थियो।

यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन्। पशुपति र रामकुमारीबीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन्। इकर्मचारी डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *