Place for ads

Awareness

नेकपा (एमाले) मुसिकोटको अध्यक्षमा काफ्ले



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: नेकपा (एमाले) को प्रथम नगर महाधिवेशन मंगलबार मुसिकोटमा पनि भव्यताका साथ सम्पन्न भएको छ।

मुसिकोट नगरकार्यसमितिको प्रथम अधिवेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा प्रकाश काफ्ले निर्वाचित हुनुभएको छ। हिजो सम्पन्न नगरको प्रथम अधिवेशबाट काफ्ले अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। सम्भव भएसम्म सर्वसहमतीमा नेतृत्व चयन गर्ने पार्टी केन्द्रिय समितिको निर्देशानुसार गय राती अबेर सर्वसहमतीमा नेतृत्व चयन गरिएको हो।

Get Vaccinated

अधिवेशनबाट प्रकाश काफ्ले अध्यक्ष रहने गरी ७५ सदस्यिय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो।बयसै गरी उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा गोपीकृष्ण खरेल, उपसचिवमा बोमबहादुर छन्तेल र गंगा श्रेष्ठ चयन हुनु भएको छ।

नगर समितिमा नगर भित्रका ९ वटै वडा बाट ६ /६ जना सदस्यहरु सहित पार्टीका हालका वडा समितिका अध्यक्षहरु नगर समितिमा पदेन सदस्य रहने गरी कार्यसमिति घोषणा गरिएको छ।

बाँकी सदस्यहरु पार्टीमा गरेको योगदान, भूगोल लगायतलाई आधारमानी मनोनीत गरिने एमालेले जनाएको छ। सेरोफेरो नेपालमा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया